सुन तस्करीको नयाँ तरिका

नेपाल समाचार

त्रिभुवन विमानस्थलबाट एक केजी सुनसहित २ जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा कासिव मोहम्मद र मुस्राफिन मोहम्मद छन्।

दुबईबाट सोझै काठमाडौँ ओर्लिएका कासिवले नयाँ दिल्लीबाट काठमाडौं आईपुगेका मुस्राफिनलाई सुन हस्तान्तरण गर्न लाग्दा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको थियो।

स्रोतका अनुसार एक केजी सुनलाई धुलो बेसारजस्तो बनाएर चार वटा प्याकेटमा राखि काठमाडौं ल्याइएको थियो।