सेती नदिमा भेटियो ३२ किलोको माछा

नेपाल समाचार विविध

डोटी,बैशाख २९ । डोटीको सेती नदिमा ३२ किलोको माछा फेला परेको छ । स्थानिय युवाको बल्छीमा सोमबार उक्त माछा परेको हो ।

नारीदाङ भन्ने ठाउँमा बल्छी हान्दै गरेका युवाले उक्त माछालाई मारेपछि हेर्नेहरुमो समेत भिड लागेको थियो । यसभन्दा पहिले पनि ठूूलो तौलका माछा पाइदै आएको उक्त सेति नदिका माछामा ठूला–ठूला दाँत र आँखासमेत रहने स्थानियहरुले बताउने गरेका छन् ।