“सोलीडारिटी फर एजुकेसन” सामाजीक संथा क्यानडामा स्थापना, प्राथमिकताका आधारमा अगाडि बढे उद्धेश्यमा पुग्ने – अध्यक्ष काफ्ले

क्यानडा विशेष

एमखवर सम्बाददाता, क्यानडा ।

नेपालको गरिबिका कारण नेपालका बिभिन्न क्षेत्रमा रहेर शिक्षा लिन बाट बन्चित बालबालिकाहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ गठन भएको सामाजीक संथाले आज ब्रामटन स्थित एभरेष्ट तेक्वान्दो एकेडेमिको सभाहलबाट संथाको परिचय कार्यक्रम मार्फत सार्बजनिक भएको छ ।

कार्यक्रम मार्फत संथाले आफ्नो भिजन, मिसन, गोल र उद्धेश्यका साथ भबिश्यमा गर्ने कार्यक्रमको बारेमा प्रोजेक्टर मार्फत ब्याख्या गरेका थियो । संथा च्यारिटिमा लान गरिने प्रक्रिया र कानुनी प्राबधानका बारेमा समाजसेवी केदार बस्नेतले प्रष्ट पारेका थिए ।

कार्यक्रममा जिटीएमा रहेका अधिकांस संघ संथाहरुका प्रतिनिधिहरु तथा ब्यक्तिगत रुप बाट भबिष्यमा सहयोग गर्ने प्रतिबद्धताका साथ शुभकामना जनाएका छन् । एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले अझै पनि नेपालका धेरै क्षेत्रहरुमा बालबालिकाहरु शिक्षा लिन बाट बन्चित छन् तर यस संथाले बृष्तृत क्षेत्रलाई एकै चोटी लिएर अगाडि बढ्नु भन्दा एउटा क्षेत्र वा जिल्लालाई प्राथमिकतामा राखेर जाँदा यसले आफ्नो लक्ष्य पुरा गर्न सजिलो हुने बताउदै एनआरएनए क्यानडा त्यसमा संगै मिलेर काम गर्न र सहयोग गर्न ईच्छुक रहेको बताएका छन् ।

अर्जुन भट्टराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन माधब गजुरेल तथा बालकुमारी भुषालले गरेका थिए ।