स्थापना काल देखि १३ बर्षे ईतिहासमा एनआरएनएको अन्तराष्ट्यि क्षेत्रीय भेला र बिज्ञ सम्मेलन क्यानडामा हुने ।

NRNA क्यानडा विशेष

राजु थापा, २ मार्च २०२०

ग्रेटर टोरोन्टो । गैर आवासीय नेपाली संघ अन्तराष्ट्यि समन्वय परिषदको क्षेत्रीय भेला र बिज्ञ सम्मेलन लामो समय पछि क्यानडामा हुने भएको छ । एनआरएनए क्यानडाले हिजो एक पत्रकार सम्मेलनको आयोजना गरि जारि गरेको बिज्ञप्ती मार्फत उक्त कुराको जानकारी गराएको हो ।

एनआरएनए क्यानडाले १३ बर्षे यात्रामा पाएको पहिलो पटकको यो अबसरलाई एनआरएनका पदाधिकारीहरु, सम्मूर्ण सदस्यहरु लगायत नेपाली समूदाय र संघ सस्थाहरुलाई सफल बनाउन आब्हान गरेको छ । साथै उक्त पत्रकार सम्मेलनमा एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले हालसालै गठन गरेको हेल्प डेस्कले गरेका कामको जानकारी गराउनुका साथै भावि योजनाका बारेमा पनि जानकारी गराएका थिए ।

बिश्वकै आकर्षक पर्यटकीय स्थान क्यानडाको नायग्रा फल्स क्षेत्रमा गर्न लागेको उक्त सम्मेलनका लागि बिशेष भूमिका खेल्नु हुने अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी, सह संयोजक रामसी प्रोख्रेल, एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरे, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाह लगायतलाई एनआरएनए क्यानडाले आभार ब्यक्त गरेको छ ।