स्वतन्त्र पत्रकार कनौजियालाई रिहा गर्न सुप्रिम कोर्टको आदेश

विश्व समाचार

भारतीय राज्य उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ विरुद्ध कथित आपत्तीजनक समाचार पोष्ट गरेको भन्दै पक्राउ परेका स्वतन्त्र पत्रकार प्रशान्त कनौजीयालाई रिहा गर्न सुप्रिम कोर्टले आदेश दिएको छ ।

न्यायमूर्तिहरु इन्दिरा बनर्जी र अजय रस्तोगीकाे इजलासले उत्तर प्रदेशको सरकारलाई आदेश दिदैं भनेको छ । प्रशान्त कनौजियालाई रिहा गरियोस । हामी यस मामिलामा पोष्ट गरिएको ट्वीट प्रति कुनै टिप्पणी गरिरहेका छैनौं । सवाल कसैको स्वतन्त्रता बञ्चित गरिएको प्रति हो ।

प्रशान्त कनौजियाले मुख्यमन्त्री योगी प्रति लक्षित ट्वीटलाई सुप्रिम कोर्टले भनेको छ । हामीले ट्वीटको मञ्जुरी दिदैनौं । अदालतको आदेश प्रति यूपी सरकारले भनेको छ । टवीट अत्यन्त अपमानजनक छ । यसको असर नराम्रो हुनेछ । कोर्टले भनेको छ । यो मानेर नचल्नुहोस कि सबै सोसल मिडियामा यदि केहि पोष्ट हुन्छ भन्दैमा सबै हुँदैन भन्ने बुझ्नुहोस ।

सुप्रिम कोर्टले भनेको छ । उनी एक नागरिक हुन । उसको अधिकार छ । देशको संविधानले बाँच्ने अधिकार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको ग्यारेन्टी गर्दछ ।