स्वसंवाद कार्यक्रम (क्यानडा) को समापन ।

community Events प्रवास विविध

राजु थापा, एमखवर क्यानडा । मे २५, २०२१ । हेल्पिङ्ग ह्याण्ड्स विदाउट बोर्डर, क्यानडाको संयोजन तथा जीवन विज्ञान, अमेरिकाको आयोजनामा भएको क्यानडामा सञ्चालित नौ दिने स्वसंवाद सत्रको कार्यक्रम हिजाे बेलुका सम्पन्न भएको छ ।

मे १६ देखि २४ तारिख सम्म श्रद्धेय सद्गुरुवरद्धय रमेश नेपाल र एल पि भानु शर्माको प्रत्यक्ष सान्निध्यमा साधनामुखी प्रवचन कार्यक्रम गरिएको थियो । प्रत्येक दिन १०० देखि २०० जना सम्मको सहभागिता रहेको कार्यक्रममा बिश्वका धेरै देशहरूका सहभागिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालनमा क्यानडा बाट सवि बिष्ट थापा र सविता पौडेल सहित अमेरिका बाट रजनी बस्नेत थापा र अमृता खरेलले बिशेष भूमिका निर्बाह गर्नु भएको थियो ।

समापन कार्यक्रममा हेल्पिगं ह्ययान्ड क्यानडाका अध्यक्ष अन्जनी राज भट्टराइले कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।