स्वस्तिमा खड्काको दुबै हातमा लड्डु!

मनाेरंजन

नाईं नभन्नु ल ५ र जय भोले हिट भयो। बुलबुलले चौतर्फी प्रशंसा कमायो।

स्वस्तिमा खड्काको दुबै हातमा लड्डु! अझ बुलबुलको केन्द्रमा उनै थिइन्। जसले टेम्पो चालकको भूमिकलाई जीवन्त बनाएकी छिन्। यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ।

उनलाई फिल्मको कमी थिएन, त्यसमाथि लगालग नाम र दाम। साँच्चै भ्याइनभ्याइ छ, स्वस्तिमालाई।

भर्खरै घाटम शेरको सुटिङ सकिन। अपोजिटमा अरु होइनन्। उनकै पति निश्चल बस्नेत छन्।

‘रियल’ जोडीको रिल रोमान्सले यस फिल्मलाई प्रतीक्षित बनाएको छ। अब उनले निश्चलकै निर्देशनमा एक्सन कट गर्ने निधो भएको छ, दिमाग खराबमा।

त्यसपछि रेनशा राईको फिल्मलाई समय दिनेछिन्। यसबीच उनी अभिनित हजार जुनिसम्म प्रदर्शन हुनेछ।

यही कारण हुनुपर्छ, स्वस्तिमालाई नम्बर वान हिरोइन पगरी गुथानउन थालिएको।