स्वास्थ्य सेवा विभाग खारेज हुने, महामारी नियन्त्रणका लागि (एनसिडिसी) स्थापना गरिने

अर्थ तथा ब्यापार नेपाल समाचार स्वास्थ्य

काठमाडौं : सरकारले महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसिडिसी) स्थापना गर्ने घोषणा गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारी सहितको (एनसिडिसी) स्थापना गर्ने बताएकी हुन्।

असअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संगठन संरचना परिमार्जनसम्बन्धी प्रस्तावमा संघ अन्तर्गतको स्वास्थ्य सेवा विभागलाई खारेज गरी गरी एनसिडिसी स्थापना गर्ने प्रस्ताव गरेको थियो।