मदन बस्नेत, क्यानडा । ०६ मे, २०२० ।
भारतीय सेनाको सैन्य कारबाहीमा आतंकी संगठन हिज्बुल मुजाहिदिनका डिभिजन कमाण्डर “रियाज अहमद नायकू उर्फ “जुबैर” मारिएका छन्।
आतंकी “नायकू” आफ्नो परिवारलाई भेट्न घर आएको गुप्त सूचनाका आधारमा थालिएको कामकारबाहीमा सेनालाई उक्त सफलता मिलेको हो।
केही दिन अघि जम्मू-कश्मीरमा सेनाको कर्णेल सहित ८ जवानको बलिदानी शहादत पछी भारतीय सेना आतंकबादीको विरुद्धमा एउटा ठूलो सैन्य कारबाहीमा जुटेको थियो। त्यसै सैन्य कारवाहीको दौरान बुधबार राति सेनाले त्यो परिणाम हात पार्न सफल भएको हो।
राज्य विरुद्ध बिद्रोह गरेर आतंकबादी संगठनमा सामेल भएको र हत्या, हिंसा, आतंक, लुटपाट, अपहरण लगायतका अनेकौं आरोपमा सर्बाधिक खोजी गरिएका कश्मीर अवंतीपोरा निवासी २९ बर्षिय “नायकू” को टाउकोको मूल्य १२ लाख भारतिय रुपैयाँ तोकिएको थियो।
सन् २०१८ मा “नायकू” का पितालाई छोराको बारेमा सोधपुछकालागी प्रहरीले पक्राउ गरेपछी आफ्नो बाबुको रिहाईको बदलामा उनले प्रहरीका १० परिवारलाई अपहरण गरेपछि उनी चर्चामा आएका थिए।
नायकू मारिए पछी उनका समर्थकहरुले जम्मू-कश्मिरमा ढुँगामुढा गरेको भारतीय मिडियाहरूले जनाएका छन् ।