हेल्पिंग ह्यान्ड क्यानडाले गर्यो कोबिड राहत कोष हस्तान्तरण ।

community Events क्यानडा विशेष नेपाल समाचार प्रवास विविध

शेयर गर्नु होस ।

एमखवर सम्वाददाता, क्यानडा । जुन २१, २०२१ । हेल्पिंग ह्यान्ड क्यानडाले गोफण्ड मार्फत संकलन गरेको ४२१६ क्यानेडियन डलर नेपालमा हस्तान्तरण गरेको छ ।

भर्चुअल जुम माध्यमद्धारा आज संकलित रकम मध्ये राष्ट्यि आबिस्कार केन्द्र लाई १६७५ क्यानेडियन डलर, नेपालगंज उपमहानगर पालिका लाई आइसोलेसन केन्द्रका लागि १६७५ क्यानेडियन डलर र सल्वास हेल्थ पोष्ट धादिगं लाई ६०० डलर हस्तान्तरण गरेको छ । उक्त रकम राष्ट्यि आविस्कार केन्द्रलाई संथापक अध्यक्ष डा.महाबिर पुन, नेपालगंज उपमहानगर पालिका लाई नगर प्रमुख डा.धवल सम्शेर राणा र धादिगं सबल हेल्थपोष्ट लाई सामाजीक अभियन्ता सम्भु ठकुरी मार्फत कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरि हस्तान्तरण गरिएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा बाेल्दै राष्ट्यि आबिस्कार केन्द्रका संथापक अध्यक्ष डा.महाबिर पुनले आफ्नो संथाको काम नयाँ नयाँ प्रबिधिको आबिस्कार गर्ने हो तर कोभिड महामारीले देश र जनतालाईनै समस्यामा परेकाले यस्तो अबस्थामा सामाजीक कार्यमा समेत कार्य गर्नु परेकाले यो रकम मार्फत महामारीमा प्रयोग हुने प्रबिधिहरुको मर्मत सम्भार देखि बितरण सम्म गर्नका लागिनै सहि सदुपयोग गर्ने बताउनु भएको छ ।

नेपालगंज उपमहानगर पालिकाका मेयर डा.धबल सम्शेर राणाले बिदेशमा रहेर आफ्नो देश र जनताको चिन्ता गरि पठाएको सहयोग कहिले पनि सानो नहुने भन्दैे यो सहयोगको अबस्य पनि सहि सदुपयोग हुनेमा निश्चिन्त रहि भबिष्यमा पनि देशलाई आबस्यक परेमा सहयोग गर्न प्रोत्साहन गर्नु भएको थियो । साथै उहाँले नगरपालिकाले महामारीको पिक समयमा गरेका कार्यको चर्चा गर्नु भएको थियो ।

यसैगरि सल्वास हेल्थ पोष्टका लागि रकम हस्तान्तरण गर्दै स्थानीय सामाजीक अभियन्ता शम्भु ठकुरीले बिदेशबाट आफ्नो गाँस काटेर पठाएको रकमको सहि सदुपयोग हुने र पारदर्शि तरिकाले कार्यबिबरण फोटो सहित पेश गर्ने प्रतिबद्धता राख्नु भएको थियो ।

क्यानडाबाट भर्चुअल जुम माध्यम मार्फत गरिएको हस्तान्तरण कार्यक्रममा हेल्पिंग ह्यान्ड क्यानडाका संथापक अध्यक्ष तथा कार्यक्रमका सभापति अंजनी राज भट्टराईले सबै सहयाेगी मनहरू र उपस्थित सबैमा आभार ब्यक्त गर्नु हुदै आगामि दिनहरूमा पनि संथाले आफ्नाे उद्देश्य अनुरूप काम गर्ने बताउनु भएकाे छ। कार्यक्रममा सहभागिहरुलाई स्वागत र कोष संकलनको उद्धेश्यलाइ हेल्पिंग ह्यान्डका बोर्डअफ डिरेक्टर तथा प्रबक्ता राजु थापाले प्रकाश पार्नु भएको थियो । त्यसैगरि संथाका बोर्डअफ डिरेक्टर तथा कोषाध्यक्ष राजनश्री छत्खुलीले बिगतमा संथाले गरेका कार्यक्रमको अलावा यस अभियानमा भएका कामको कार्यबिबरण पेश गर्नुभएको थियो ।

कार्यक्रमको संचालन संथाकी बोर्डअफ डिरेक्टर निरुपमा शर्माले गर्नु भएको थियो । कार्यक्रममा संथाका अन्य बोर्डअफ डिरेक्टरहरु सविता पौडेल, संथाका नेपाल प्रतिनिधि माधव राज घिमिरे लगायत सल्लाहकारहरु एडमन्टन बाट डा.अर्जुन केसी, अटवा बाट शालिग्राम अर्याल, मिसिसागा बाट अनिल थापा सहित अन्य ब्यक्तित्वको सहभागिता रहेको थियो । हेल्पिंग ह्यान्डले आफ्नाे फेसबुक पेजमा खर्च बिवरण सहित दाताहरूकाे नामावली प्रकाशित गरेकाे छ ।