हेल्पिंग ह्यान्ड क्यानडाले राजधानी अटवामा रक्तदान कार्यक्रम गर्दै ।

Breaking community Events प्रवास

शेयर गर्नु होस ।

राजु थापा, एमखवर क्यानडा । अगष्ट २७, २०२१ । लामो समय देखि नेपाल तथा क्यानडामा सामाजीक भूमिका अन्तर्गतका बिबिध कार्यक्रमहरु गरिरहेको हेल्पिंग ह्यान्ड क्यानडाले अगष्ट ६ तारिख शुक्रवार राजधानी अटवामा रक्तदान कार्यक्रमको आयोजना गर्दै छ ।

अन्य समय तथा कोभिड महामारीका कारण स्वास्थ्य क्षेत्रमा आबस्यक पर्ने महत्वपूर्ण रगतको माग लाई केहि हदसम्म सहयोग गर्नका लागि अभियान स्वरुप यस बर्ष अधिक रक्तदान कार्यक्रमको आयोजना गरिएको संथाले जनाएको छ ।

यस बर्षको अप्रिल र जुनमा हेल्पिगं ह्यान्डले विन्डसर र लण्डन अन्टारियोमा रक्तदान सम्पन्न गरिसकेको छ भने अप्रिलमा गोयल्फ फुड बैंकलाई आर्थिक सहयोग गरेको छ । यसैगरि लकडाउनमा बाध्यताबस घरमै बस्न बाध्य रहि संभावित मानसिक तथा अन्य रोग बात ग्रसित हुन बाट बच्नका लागि स्वसंवाद कार्यक्रम जीवन बिज्ञान संगको कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । नेपाली भुट्नीज कम्युनिटिको बाहुल्यता रहेको लण्डन अन्टारियोमा हेल्पिगं ह्यान्डका सल्लाहकार ज्योती बैध्यको संयोजकत्वमा क्यानडा सरकार संगको सहकार्यमा कोभिड बिरुद्धको खोप लगाउने अभियान सफलताका साथ जुन महिनामा सम्पन्न गरेको थियो भने जुन महिनामै नेपालमा कोभिड राहत कोष मार्फत प्रत्यक्ष हेल्पिगं ह्यान्डलेनै सम्बन्धित निकायहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । हेल्पिंग ह्यान्डका नेपाल प्रतिनिधि माधव राज घिमिरे मार्फत नेपालमा हेल्पिंग ह्यान्डले आफ्नो गतिविधि गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा यहि आउदों अगष्ट ६ तारिख शुक्रवार क्यानडाको राजधानी अटवामा हेल्पिगं ह्यान्डका सल्लाहकार शालिग्राम अर्यालको संयोजकत्वमा क्यानेडियन ब्लड सर्भिस अटवामा रक्तदान कार्यक्रमको आयोजना हुदै छ । कार्यक्रममा हेल्पिगं ह्यान्डका अध्यक्ष अन्जनिराज भट्टराई लगायत अन्य कार्यसमितिका सदस्यहरुको समेत सहभागि हुने जनाईएको छ । साेहि क्रममा क्यानडा स्थित नेपाली दुताबास र हेल्पिंग ह्ययान्ड बिचकाे सुमधुर सम्बन्ध र समूदायकाे हितका बिषयमा हुने छलफलमा अटवा स्थित नेपाली समूदायका सदस्यहरूकाे उपस्थिति रहने संथाले जानकारी गराएकाे छ ।