हेल्पिंग ह्यान्ड क्यानडाले राजधानी ओटावामा गर्यो रक्तदान । दुताबास र हेल्पिंग ह्यान्डको संयूक्त प्रयासमा काम भए अझ प्रभाबकारी हुने-राजदूत ढुंगाना ।

Events क्यानडा विशेष विविध स्वास्थ्य

शेयर गर्नु होस ।

राजु थापा, क्यानडा । ९ अगष्ट, २०२१ ।

क्यानडा र नेपालमा लामो समय देखि समाज सेवामा कार्य गर्दै आईरहेको सिमाबिहिन सहयोगि  हातहरु अर्थात हेल्पिंग ह्यान्ड विदावट बोर्डर क्यानडाले अगष्ट ६ तारिख शुक्रवार क्यानडाको राजधानी ओटावामा रक्तदान सहित नेपाली दूतावास संगको औपचारिक अन्तरकृया लगायत अटवा जनसम्पर्क पदयात्रा कार्यक्रमको सफलताका साथ सम्पन्न गरेको छ । क्यानेडियन ब्लड सर्भिस संगको सहकार्यमा हेल्पिंग ह्यान्डले उक्त कार्यक्रम यो पटक राजधानी ओटावामा हेल्पिंग ह्यान्ड क्यानडाका सल्लाहकार शालिग्राम अर्यालको संयोजकत्वमा सम्पन्न गरेको हो । कार्यक्रममा हेल्पिंग ह्यान्डका पदाधिकारिहरु लगायत ओटोवा स्थित नेपालीहरुले रक्तदान गरेका थिए । कोभिड १९ को यस्तो बिषम परिष्थितिमा अत्यधिक मात्रामा आबस्यक पर्ने रगतका लागि नेपाली संथा हेल्पिंग ह्यान्डले गरेको रक्तदानका लागि क्यानेडियन ब्लड सर्भिसले प्रशंसा सहित धन्यवाद दिएको छ, साथै भबिष्यमा पनि निरन्तर सहयोगका लागि आसाबादि रहेको बताएको छ । हेल्पिंग ह्यान्डले यो सहित क्यानडाको स्कारब्रो, लण्डन र विन्डसरमा गरि चार पटक रक्तदान गरिसकेको छ ।

Canadian Blood Services, Ottawa – Blood donation program organized by HHwB Canada

सोहि दिन नेपाली दुतावास र हेल्पिंग ह्यान्ड बिच अन्तरकृया कार्यक्रम समेत गरिएको थियो । राजदुतावासको सभाहलमा भएको उक्त कार्यक्रममा हेल्पिंग ह्यान्ड क्यानडाको तर्फबाट अध्यक्ष अन्जनी राज भट्टराईले संथाको लोगो हस्तान्तरण गर्दै संथा स्थापनाको उद्धेश्य सहित अहिले सम्म भए गरेका कामहरु जस्तै नेपाल र क्यानडामा बसोबास गर्ने नेपालीहरूका लागि संस्थाले प्रदान गरेको जरूरी मानवीय सहायताहरू, क्यानडाका ब्लड बैंकहरूमा रक्तदान, फूड बैंकलाई रकमदान लगायत जीवन विज्ञान प्रतिष्ठान नेपाल र जीवन विज्ञान अमेरिका सितको सहकार्यमा नौ दिवसीय आध्यात्मिक कार्यक्रम स्वसंवादको संयोजन, मानसिक स्वास्थ्य सेवा, समुदायमा कोभिड-१९ निरोधक खोप कार्यक्रमहरुमा गरिएको सहायता आदिको बारेमा क्यानडाका लागि नेपाली राजदूत महामहिम भृगु ढंगाना समक्ष जानकारी गराउनु भएको थियो । साथै उहाँले हेल्पिंग ह्यान्ड एउटा बिशुद्ध मानवीय संथा भएको र यसले क्यानडाको सार्वजनिक क्षेत्रका सबै तहमा नेपाल र नेपालीका लागि लवि गर्ने र खासगरी नेपालमा सकेसम्म धेरै विकाश सहायता दिन पहल गर्दै मानवीय संकटका बेला क्यानेडियन राहत सहायता जुटाउन क्यानडाबासी जनताको तर्फबाट यहांका सिनेटर, सांसद, प्राध्यापक र बिबिध क्षेत्रका नेपाली प्रबुद्ध व्यक्तित्वहरुसित मिलेर कामगर्ने गरिएको र त्यसमा नेपाली दूतावास संग सहकार्य गरि अगाडि बढ्दा अझ प्रभावकारी हुने आशा ब्यक्त गर्नु भयो ।

Nepal Embassy Ottawa, Interaction Program

अन्तरकृया कार्यक्रममा महामहिम राजुदूत भृगु ढंगानाले क्यानडाले कोब्याक्स अन्तर्गत उपलब्ध गराउने खोप सुबिधामा नेपालको लागि दूतावासले काम गरिरहेको जनाउनु भएको छ । साथै बिदेश स्थित नेपालीहरुको आबस्यक हित र बिकाशमा कसरी सहयोग गर्न सकिनछ भन्नेनै दूतावासको कार्य क्षेत्र भएकाले त्यस अनुरुपनै दूतावासले काम गरिरहेको छ । क्यानडामा रहेका नेपाली समूदायको हितमा हेल्पिंग ह्यान्डले काम गरिरहेको त छ तर हामीले संयूक्त रुपमा मिलेर काम गरे त्यसमा अझ प्रभाबकारी ढंग बाट अघि बढाउन सकिन्छ र त्यसका लागि दूतावास तयार रहेको पनि उल्लेख गर्नुभएको थियो ।

सो अबसरमा हेल्पिं ह्यान्ड क्यानडाका महासचिव ऋषिकेश घिमिरेले हेल्पिं ह्यान्ड क्यानडाको लोगो सहित “We rise by lifting others” लेखिएको आफ्नो संस्थाको नाम अंकित एक तस्वीर फ्रेमलाई एउटा चिनोको रुपमा दूतावासको पुस्तकालय कक्षको भित्तामा सजाउन अनुरोध गर्नुभयो। साथै उहाँले हेल्पिग हेन्ड क्यानडाले अगस्त ६ र ७ तारिखमा क्यानडाको राजधानी अटवामा आयोजना गरेका विभिन्न कार्यक्रमहरु भब्यरुमा सफल एब अबिस्मरणिय बनाउन सहयोग गर्नु हुने महामहिम राजदुत भृगु ढुङ्गगाना, Canadian Blood Services Ottawa, OGR ( Ottawa running group ) लगायत कार्यक्रम संयोजक  शालिग्राम अर्याल प्रति कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।

Walk & Run Program – Ottawa Running Group (ORG)

यहि गत जुन महिनामा हेल्पिंग ह्यान्डले राष्ट्यि आबिस्कार केन्द्र लाई १६७५ क्यानेडियन डलर, नेपालगंज उपमहानगर पालिका लाई आइसोलेसन केन्द्रका लागि १६७५ क्यानेडियन डलर र सल्वास हेल्थ पोष्ट धादिगं लाई ६०० डलर कोभिड राहत कोष हस्तान्तरण गरेको थियो ।