हेल्पिंग ह्यान्ड क्यानडाका सल्लाहकार ज्योति बैध्य “पिलार कम्युनिटी लिडरसिप” अवार्डको अन्तिम प्रतिष्पर्धामा ।

Breaking community विविध

शेयर गर्नु होस ।

राजु थापा, क्यानडा । २८ अगष्ट, २०२१ । अन्टारियो प्रान्तको दक्षिण पश्चिम क्षेत्रमा कार्यरत ६ सय भन्दा बढि गैर सरकारी संथाहरुको नेटवर्क “पिलार”ले यस बर्ष २०२१ को लागि प्रदान गर्ने कम्युनिटी च्वाइस अवार्डमा लामो समयदेखि लण्डन अनटारियोमा बस्दै आएका नेपाली मूलका समाज सेवी तथा हेल्पिगं ह्यान्ड क्यानडाका सल्लाहकार ज्योति बैध्य अन्तिम प्रतिष्पर्धाका लागि छनौट भएका छन् भने उक्त  छनौटमा लेरोय हिवर्ट र सारा लेम्यान पनि छन् ।

कृपया तलको लिंक खोलि भोट गर्नु होला धन्यवाद

https://www.surveymonkey.com/survey-taken/…

क्यानडा सरकारले केहि बर्ष अगाडि ल्याइएका नेपालीभाषी भुट्नीज समूदायका लागि “हेल्पिगं ह्यान्ड क्यानडा”को तर्फ बाट सहयोग गर्दै आईरहेका छन् । साथै उनले नेपालमा गएको बिनासकारी भुकम्प लगायत बिबिध सामाजीक क्षेत्रमा क्यानडाबाट सहयोग गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

हरेक बिधाबाट एक एकजनाको नाम आगामी नोभेम्बर १८ मा घोषणा गरिने आयोजक “पिलार”ले जनाएको छ । उक्त अवार्ड बिजेताले २ हजार क्यानेडियन डलर सहित बिजेताको नाम अन्टारियो प्रान्तको केन्द्रिय पुस्तकालयमा राखिने छ ।