हेल्पिंग ह्यान्ड टोली राजधानी अटवाको कार्यक्रमका लागि भोली प्रस्थान गर्दै ।

Events क्यानडा विशेष विविध

शेयर गर्नु होस ।

एमखवर सम्वाददाता, क्यानडा । अगष्ट ६, २०२१ । हेल्पिंग ह्यान्ड क्यानडाका सल्लाहकार शालिग्राम अर्यालको संयोजकत्वमा भोली राजधानी अटवामा रक्तदान तथा अन्तरकृया कार्यक्रम हुन गैरहेको छ । उक्त कार्यक्रममा सहभागि हुन हेल्पिंग ह्यान्ड क्यानडाका अध्यक्ष अन्जनी राज भट्टराईको नेतृत्वमा ऋषिकेश घिमिरे, राजु थापा लगायतको टोली भोलीनै अटवा प्रस्थान गर्दै छ ।

हेल्पिंग ह्यान्डले राजधानी अटवामा रक्तदान कार्यक्रमका अलावा नेपाली राजदुताबास लगायत अन्य ब्यक्तित्वहरुसंगको अन्तरकृया र साँझ रात्री भोजको आयोजना गर्दैछ । शनिवार बिहान अटवा स्थित अटवा रनिंग ग्रुपले आयोजना गर्ने वाक/ एण्ड रन कार्यक्रममा समेत हेल्पिंग ह्यान्डको सहभागिता रहने छ ।