हेल्पिगं ह्यान्डको आयोजनामा क्यानेडियन रक्त संचार मार्फत रक्तदान कार्यक्रम सम्पन्न ।

community प्रवास विविध स्वास्थ्य

राजु थापा, लण्डन अन्टारियो, १७ अप्रिल, २०२१ । लामो समय देखि नेपाल तथा क्यानडामा सामाजीक कार्यमा सक्रिय भूमिका खेलीरहेको हेल्पिंग ह्यान्डले कोभिड १९ महामारीको बाबजुद आज लण्डन अन्टारीयोमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । २६ जनाले नाम दर्ता गराएकोमा २१ जनाले सफल रूपमा रक्त दान गर्नु भएको थियो ।

रक्तदानमा सहभागिहरू रक्तदान गर्दै

रक्तदान कार्यक्रममा हेल्पिंग ह्यान्डका अध्यक्ष अन्जनी राज भट्टराई, महासचिव ऋसिकेश घिमिरे, कोशाध्यक्ष राजन छत्खुली लगायत बोर्डअफ डाईरेक्टर निरुपमा शर्माले रक्तदान गर्नु भएको छ । यसैगरि सुरज पाण्डे, महेन्द्र रन्जित, अर्जुन कुवँर, सुनील टन्डन, प्रबिण लम्साल, बिजय तामागं, अनिता गुरुगं, अनिता तामागं, बिजय श्रेष्ठ, आकृति थापा, उमेस ज्ञवाली, दामोदर खनाल र समष्टि छत्खुली रहनु भएको छ । अधिकांस पहिलो पटक रक्तदान गर्ने युवा यूवतीहरु रहनु भएको छ । जसमध्ये भगबती थापाले २६औ पटक रक्तदान गर्नु भएको छ । कार्यक्रममा पम्फा पोख्रेल, भोला नाथ ढकाल, सुरेश चन्द्र श्रेष्ठ, सदृष्टि छत्खुली लगायतले स्वयंसेवकको रुपमा भूमिका निर्वाह गर्नु भएको थियो ।

रक्तदानमा सहभागिहरू रक्तदान गर्दै

रक्तदानको अलावा हेल्पिंग ह्यान्डले लण्डन अन्टारीयो स्थित गोर्खा नेपाली क्लवका पदाधिकारीहरूलाई खेलकुद सामाग्री हेल्पिगं ह्यान्डको तर्फ बाट संथाका सल्लाहकार तथा समाजसेवी  ज्योती बैध्यले हस्तान्तरण गर्नु भएको छ । हेल्पिगं ह्यान्डको कायक्रममा हाक्का खाजाना लण्डन रेष्टुरेन्टले स्पोन्सर गरि सहयोग गरेको थियो ।

लण्डन अन्टारीयो स्थित गोर्खा नेपाली क्लवलाइ खेलकुद सामाग्री हस्तान्तरण

क्यानेडियन रक्त सन्चार लण्डनकि ब्यबस्थापक जमै रिचमनले नेपाली समूदायले हेल्पिगं ह्यान्ड मार्फत कोभिड महामारीका बिच पनि रक्त दान गरेर समाज सेवामा ठूलो योगदान गरेर पुण्य कमाएको बताउनु भएको छ । साथै उहांले भविष्यमा पनि क्यानडाको स्वास्थ्य क्षेत्रमा संथाको सहयोगको अपेक्षा रहेको बताउनुभएको छ ।  लण्डन अन्टारीयोका समाज सेवी ज्योती बैध्यको सम्योजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।