हेल्पिगं ह्यान्डले सम्पन्न गर्यो अन्तराष्ट्यि महिला दिवशको कार्यक्रम

क्यानडा विशेष प्रवास महिला

शेयर गर्नु होस ।

क्यानडामा स्थापित सामाजीक संथा हेल्पिगं ह्यान्ड ले अन्तराष्ट्यि महिला दिवसको अवसरमा आज जुम माध्यम द्धारा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा क्यानडा रहि बिभिन्न क्षेत्रमा कार्यरत महिलाहरुले क्यानाडामा नेपाली आप्रवासी महिलाहरूका लागि चुनौती र अवसरहरू का बारेमा ब्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा कल्पना दहाल, श्रीजना महत, साबीत्रा बिष्ट, निर्मला दहाल, मोनीका मरहठ्ठा ढुंगाना, डा.सोनी थापा लगायतले छलफलको बिषयमा आआफ्ना महत्वपूर्ण भनाई, अनुभव लगायत महिला नेतृत्वका बारेमा बिचार राख्नु भएको थियो । कार्यक्रको मध्यस्थकर्ताको रुपमा हेल्पिगं ह्यान्डका बोर्डअफ डाईरेकक्टर तथा समाजसेवीहरु निरुपमा शर्मा तथा सविता पौडेलले गर्नु भएको थियो भने कार्यक्रम हेल्पिगं ह्यान्डका अध्यक्ष अन्जनीराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।