हेल्पिगं ह्यान्ड क्यानडाकाे आयाेजनामा नयाँ बर्ष शुभकामना तथा अन्तराष्ट्रिय टोपी दिबस कार्यक्रम सम्पन्न ।

क्यानडा विशेष प्रवास विविध

नेपाली टोपी दिबस तथा अंग्रेजी नयाँ बर्ष २०२१ को शुभ अबसरमा क्यानडामा २ बर्ष अघि स्थापित सामाजीक संथा “Helpinghands WithoutBorders”  ले भर्चुअल माध्यमबाट आज  नेपाली टोपि लगायर अंग्रेजी नयाँ बर्ष २०२१ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ बर्ष तथा टाेपी दिवश शुभकामना आदान प्रदान कार्यक्रमका सहभागिहरू

कार्यक्रममा संथाका सल्लाहकारहरु अनिल थापा, डा.अर्जुन केसी, ज्योति वैद्य , शालिग्राम अर्याल र नेपाल प्रतिनिधि माधब राज घिमिरे लगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा सल्लाहकार मण्डलका तर्फबाट अनिल थापाले राखेको प्रस्ताब अन्तर्गत फुड बैंक क्यानडालाई संथाले ५०० डलर सहयोग गर्ने जनाएको छ । साथै भबिष्यमा नेपाल तथा अन्य मूलुकमा समेत संथाले सामाजीक कार्यमा योगदान गर्दै जाने संथाका प्रबक्ता राजु थापाले बताएका छन् ।  कार्यक्रम संथाका अध्यक्ष अन्जनी राज भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।