हेल्पिङ्ग ह्याण्ड क्यानाडाका प्रतिनिधिद्वारा संविधान दिवस समारोहलाई सम्बोधन

NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

अटवा, सेप्टेम्वर २०२१।

नेपालको राष्ट्रिय दिवस तथा सातौं संविधान दिवसको अवसरमा आज नेपाली राजदूतावास अटवाले एक समारोहको आयोजना गरेको थियो। क्यानडाका लागि महामहिम राजदूत भृगु ढुंगानाको निवास हातामा भएको सो कार्यक्रममा राजदूत ढुंगानाले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन, क्यानडा र नेपालको राष्ट्रिय गान, संविधान दिवसका अवसरमा नेपालबाट प्राप्त राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना सन्देश वाचन गर्नुभएको थियो। सो समारोहको अध्यक्षता गर्नु भएका राजदूत ढुंगानाले कोरोना महामारीकाबीच नेपाली दूतावासले दुई देशबीचको सम्बन्धमा सुमधुर बनाउन गरेका विविध गतिबिधीहरु, नेपाललाई क्यानडाका नागरिक र सरकारका तर्फबाट प्राप्त मानवीय सहायताको विवरण प्रस्तुत गर्दै नेपालमा संकट पर्दा क्यानडाबाट प्राप्त सहयोग र त्यसका लागि क्यानडाबासी नेपाली क्यानेडियनहरुले आ-आफ्नो क्षेत्रबाट पुर्याएको सहयोगको सरहाना गर्दै त्यसका लागि नेपाल सरकार र दूतावासको तर्फबाट धन्यवाद प्रकट गर्नुभयो।

उक्त समारोहलाई सम्बोधन गर्दै हेल्पिगं हेण्ड विदआउट बोर्डर्स क्यानडाका सल्लाहकार शालिग्राम अर्यालले कोभिड प्याण्डेमिकको महामारीका बेला नेपालका विविध संस्थाहरू, क्यानडामा अध्ययनका लागि आएका विद्यार्थीहरु लगायत क्यानडाको फूड व्यांकलाई HHwBC ले विविध सहयोग गरेको विवरण दिंदै आगामी दिनमा पनि त्यस्तो सहयोग गर्दै जाने वचनबद्धता प्रकट गर्नुभयो।

(यो समाचार हेल्पिङ्ग ह्याण्ड क्यानाडाको फेसबुक पेज बाट साभार गरीयको हो)