३ पटक जापान जाँदै नेपाल एअरलाइन्स,फर्कँदा रित्तै फर्कने

अर्थ तथा ब्यापार नेपाल समाचार

काठमाण्डौ /नेपाल एअरलाइन्सले जापानमा तीन वटा उडान गर्ने भएको छ । नेपाल एअरलाइन्सको वाइडबडी जहाज मे १५ तारिख अर्थात शुक्रबार, १७ तारिख र २२ तारिखमा जापानको नारिता जान लागेको हो ।

नेपालमा रहेका जापानी नागरिक र केही नेपालीलाई बोकेर जहाज जापान जाने निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।

‘नेपालमै अड्किएका केही जापानी नागरिक, जापानमा स्थायी बसोबास गर्ने नेपाली मुलका नागरिक र जापानमा अध्ययन तथा काम गर्ने नेपालीहरु रि-इन्ट्रीमार्फत जापान जानको लागि हाम्रा तीन वटा उडान बुकिङ भएको छ’, कार्यकारी अध्यक्ष घिमिरेले भन्नुभयो । हरेक उडानमा दुई सय ५० काे हाराहारीमा यात्रु रहने पनि उहाँले बताउनुभयो ।

रि-इन्ट्रीमा जापान जाने नेपालीकोे सूची पनि नेपालमा रहेको जापानी दूतावासले नै एअरलाइन्सलाई पठाएको छ । उनीहरुमध्ये केही अध्ययनको लागि र केही रोजगारीको लागि जानेहरु छन् ।

कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले विदेशबाट यात्रु ल्याउन प्रतिबन्ध Buying legal Trenbolone Acetate online in USA Stretching of the pyramidal gluteal and pelvicrochanteric Tren A लगाएकाले फर्कँदा भने नेपाल एअरलाइन्सका जहाज रित्तै फर्कनेछन् ।