८ टन कोभीड–१९ मेडिकल सामाग्री बोकेर आयो र तरकारी लिएर फर्कियो कतार एयरवेजको वाइडबडी

नेपाल समाचार स्वास्थ्य

कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन कोभीड–१९ सम्बन्धि मेडिकल सामाग्री बोकेर कतार एयरवेजको वाइडबडी विमान बुधबार दिउसो काठमाडौं आइपुगेको छ ।

ती सामाग्री नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका थिए ।

मेडिकल सामानमा पीपीई ७ हजार, पीसीआर टेस्ट किट, एन ९५ मास्क, भीटीएम, सीआरआरटी मेसिन, सर्जिकल ग्लब्स, अक्सीजन प्लान्ट, प्रयोगशालायुक्त मोबाइल एम्बुलेन्स लगायतका १४ प्रकारका सामान रहेका छन् ।

पौने ४ बजे काठमाडौंमा अवतरण गरेको उक्त विमान सवा ५ बजे २९ सय ९८ किलो तरकारी बोकेर दोहा फर्किएको थियो ।