विश्व समाचार

शेयर गर्नु होस ।

बाह्रखरी

ट्रम्पले राष्ट्रपति भएदेखि १० हजार झुटो अभिव्यक्ति दिएको खुलासा

Healping FacebookTwitterMore
ad
ad
ट्रम्पले राष्ट्रपति भएदेखि १० हजार झुटो अभिव्यक्ति दिएको खुलासा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प धेरैपटक गलत बयानका कारण विवादमा आइसकेका छन् । यस्तोमा उनले राष्ट्रपति भएदेखि हालसम्म दिएका झुटा अभिव्यक्तिको सङ्ख्याबारे वासिङटन पोस्टले नयाँ खुलासा गरेको हो । यसरी ट्रम्पले विभिन्न विषयमा बोलेका गलत कुराहरुले १० हजारको सङ्ख्या पार गरिसकेको सीएनएनले आफ्नो समाचारमा जनाएको छ ।

सो रिपोर्टका निरीक्षणकर्ता ग्लेन केस्लर भन्छन्, “राष्ट्रपति ट्रम्पले अझैपनि भ्रामक वा गलत बयान दिने क्रमलाई अविश्वसनीय गतिमा जारी राखिरहेका छन् ।”

ad

गत सेप्टेम्बरमा मात्र उनका झुटो अभिव्यक्तिहरुको सङ्ख्या पाँच हजार पुगेको थियो । तर उनले आफ्नो बोल्ने शैलीमा अझैपनि परिवर्तन नल्याएको हुँदा भ्रामक बयान दिने क्रम रोकिएको छैन । यसरी सात महिनामै उनले बोलेका गलत कुराहरुको सङ्ख्या दश हजार पुग्नुको अर्थ उनले पछिल्लो समय एक दिनमा कम्तिमा पनि २३ भ्रामक अभिव्यक्ति दिने गरेको भन्न सकिने केस्लर बताउँछन् । 

ट्रम्पले विशेषगरी आप्रवाशन सम्बन्धी दिएका अभिव्यक्ति गलत हुने गरेको उल्लेख गरिएको छ । त्यस्तै राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेपबारे एफबीआई प्रमुख रोबर्ट मुलरले गरिरहेको अनुसन्धान, अन्य देशहरुसँगको व्यापारिक वार्ता र कार्यकालमा आफ्ना उपलब्धिबारे पनि ट्रम्पले गलत बयान दिँदै आएको बताइएको छ । सो रिपोर्टमा उनले सिधै बोलेका झुटा कुरादेखि बढाइ चढाइ भनेका गलत बयानहरुलाई पनि गनिएको छ । यसरी शनिबार राति मात्र विस्कन्सिनको र्यालीमा सहभागी हुँदा उनका झुटो बोलीहरुको गणना ८२८ दिनमा १० हजार १११ पुगेको बताइएको छ । 

पोस्टका अनुसार समयसँगै ट्रम्पको बोलीमा सत्य कुरा झन् झन् कम हुँदै गइरहेको छ । जस्तै आइतबार टेलिभिजन कार्यक्रममा दिएको ४५ मिनेट लामो अन्तर्वार्तामा मात्र ट्रम्पले ४५ वटा झुटो अभिव्यक्ति दिएको बताइएको छ । जसले उनी सार्वजनिक टोलिभिजनमा समेत हरेक एक मिनेटमा झुटो बोल्ने गरेको स्पष्ट गराउँछ ।