कांग्रेसलाई विधान अनुसार सञ्चालन गर्न जोड
दमौली, पुस १६ । नेपाली कांग्रेसका नेता केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी पुरानै तरिकाबाट अगाडि बढ्न नसक्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेस तनहुँले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य जोशीले पार्टीलाई विधान अनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले पार्टीभित्रको बेमेल व्यवस्थापन गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् । पूर्वकेन्द्रीय सदस्य अमरराज कैनीले पार्टीलाई एकढिक्का बनाउने हो भने मेलमिलाप आवश्यक रहेको स्पष्ट पारे ।
पूर्वजिल्ला सभापति धु्रव वाग्लेले आफ्ना प्रतिबद्धता पूरा नगरेकै कारण पार्टी आज कमजोर अवस्थामा पुगेको जानकारी गराएका छन् । राष्ट्रियसभा सदस्य प्रकाश पन्थी, प्रदेशसभा सदस्य सरिता गुरुङ, कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेललगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानु पर्नेमा जोड दिएका छन् ।
coustery loksattaa.com
Previous articleकांग्रेसले मुलुकभर मेलमिलाप दिवस भव्य रुपमा मनाउँदैNext articleनेपाली कांग्रेस मेलमिलाप चाहन्छ तर सरकार चाहँदैन : देउवा
Januka Baralhttp://www.loksattaa.com
सम्बन्धीत समाचारMORE FROM AUTHOR

स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्न हुँदैन : डा महत

चैतमा स्ववियुको निर्वाचन हुने

दरबार हाइस्कूलको पुनःनिर्माण कार्य आधा सम्पन्न
LEAVE A REPLY
MOST POPULAR

२१ वटा राजनीतिक दलले पाए निर्वाचन चिह्न
January 19, 2018

पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो
February 13, 2018

संविधान कार्यान्वयनको चरणमा छ : प्रधानमन्त्री देउवा
September 1, 2017

शिबालय धार्मिक पर्यटकीय क्षेत्र ओझेलमा
January 13, 2019 थप हेर्न
HOT NEWS
