सिमा बिहिन सहयोगी हातहरु क्यानडा आर्थिक तथा भौतिक सहयोगमा जुट्ने।

क्यानडा विशेष स्वास्थ्य

क्यानडा :बिस्व ब्यापी महामारीको रुपमा फैलिरहेको COVID 19 को असर क्यानडामा समेत व्यापक रूपमा देखीएको छ,सन्दर्भ सिमा बिहिन सहयोगी हातहरु क्यानडा (A Canadian Federal not for profit corporation)ले यो बिपदको असरमा परेकाहरको लागि आर्थिक तथा भौतिक सहयोग जुटाउने निर्णय गरेको छ। आर्थिक सहयोग संकलन तथा बितरण गर्नको लागि आजै बसेको BOD बैठकले राजन श्री छ्त्कुलीको नेतृत्वमा एक कमिटी गठन गरेको छ। हाम्रा सम्बादाताको जिज्ञासा्मा सम्योजक राजन जि ले यो नितान्त मानबिय सहयोगको लागी गरिएको एक अभियान हो यो बिपदको बेलामा महामारीको कारण आर्थिक तहा अन्य समस्यामा परेकाहरुको पहिचान गरि सहयोग गरिने छ यो अभियानमा क्यानडा रहने नेपाली समुदाय तथा अन्य समुदायका सबैलाई दिल खोलेर सहयोग गर्नु हुनु अनुरोध गर्नु भयो ।