NRNA क्यानडाले भारतकाे बिराेधमा जारि गरेकाे प्रेस बक्तब्य ।

NRNA नेपाल समाचार

एमखबर न्यूज डेस्क, क्यानाडा। १३ मे, २०२० । गैरआवासीय नेपाली संघ क्यानाडाले भारतले नेपालको भूमि अतिक्रमण गरी एकतर्फी रुपमा सडक निर्माण गरेकोमा कडा शब्दमा बिरोध जनाएको छ। 

संघद्वारा जारी प्रेस विज्ञप्तिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अखण्ड हिस्सा रहेको र ऐतिहासिक सुगौली सन्धिले निर्धारण गरेको साँध सिमानालाई सम्मान गर्न भारतलाई सचेत गराईएको छ। 

आफ्नो एकदमै निकटको छिमेकी मित्र राष्ट्रबाट प्रदर्शित त्यस्तो औपनिबेशिक चरीत्र र अतिक्रमणकारी नीतिले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीलाई असैह्य पीडा दिएको उल्लेख गर्दै भारतले अन्तर्राष्ट्रिय कानूनको बर्खिलाप गएर नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गरेकोमा खेद प्रकट गरेको छ।

गैरआवासीय नेपाली संघको क्यानाडाको तर्फबाट संघका अध्यक्ष चिरञ्जीवी घिमिरे र महासचिव पिताम्बर भट्टराईद्वारा संयुक्त रुपमा हस्ताक्षरीत बक्तब्यमा नेपालको भूमि अतिक्रमण गरी भारतले प्रकाशित गरेको नक्सा अबिलम्ब सच्याउन तथा सीमामा तैनाथ भारतीय सेना तत्काल फिर्ता गरी उच्च स्तरीय राजनीतिक एवं कूटनीतिक वार्ताको माध्यमबाट दुई छिमेकी देश बीच उत्पन्न सीमा विवादलाई समाधान गर्न जोडदार माग गर्दै क्यानडा स्थित भारतिय दुताबास लाइ पत्राचार गरेको छ।