अन्ततः एमाले फुट्यो । संसदको चौथो शक्ति बन्यो माधव नेपालको नेकपा(एस) पार्टि ।।

एमखवर क्यानडा सम्वाददाता, काठमाडौं । अगष्ट २५, २०२१ । संसदको सबैभन्दा ठुलो शक्ति नेकपा एमाले औपचारिक रुपमा विभाजन भएर पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समूहले गठन गरेको नेकपा (एकीकृत समाजबादी) निर्वाचन आयोगमा बुधवार दर्ता भएको छ । यसरी निर्वाचन आयोगमा आधिकारिकता पाएसँगै नवगठित एस पार्टि संसदको चौथो शक्ति बन्ने भएको छ । यससँगै संसदको सबैभन्दा […]

पुरा खबर

क्यानडाको संसद भंग, प्रधान मन्त्री ट्रुडोले गरे प्रारम्भिक निर्वाचनको घोषणा, बिपक्षि पार्टिहरु द्धारा निन्दा ।

राजु थापा, क्यानडा । १६ अगष्ट, २०२१ ।। प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार क्यानडामा प्रारम्भिक चुनावको घोषणा गरेका छन् ।  उनले  क्यानडा सरकार लाई महामारी संग लड्न र यसको आर्थिक प्रभावहरु बाट उन्मुक्ति दिनको लागी जनादेश लिन आवश्यक भएको बताएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोले गभर्नर जनरल मैरी साइमन लाई संसद भंग गर्नको लागी राखेको प्रस्ताव […]

पुरा खबर

एतिहासिक बहुमतका साथ दिपक दत्त गौतम अध्यक्षमा निर्वाचित

आज सम्पन्न निर्वाचनमा एन आर एन ए क्यानडाको अध्यक्षमा एेतिहासिक बहुमतका साथ दिपक दत्त गौतम निर्वाचित भएका छन्, गौतमले १४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी गोपाल भन्डारीले ५ मत प्राप्त गरेका छन। दिपक गौतमलाई असफल पार्नको लागी अनेक हर्कतहरु प्रयोग भएता पनि उक्तहर्कतहरुले कुनै काम गर्न सकेनन दिपकलाई गत अगस्ट ३१ तारिखमा सम्पन्न […]

पुरा खबर

“आफ्ना” पूर्वराजदूतहरूको नयाँ संस्था

काठमाडौँ — राजनीतिक कोटाका आधारमा कूटनीतिक नियुक्ति पाएका पूर्वराजदूतहरूको समूह ‘एसोसिएसन अफ फर्मर नेपाली एम्बेसडर्स नेपाल (आफ्ना)’ गठन भएको छ ।  पूर्वराजदूत शम्भुराम सिंखडा अध्यक्ष रहेको आफ्नामा उपाध्यक्ष चोपलाल भुसाल, सचिव लक्की शेर्पा र कोषाध्यक्ष रमेश कोइराला चयन भएका छन् । यसै गरी संस्थाका सदस्यहरूमा विश्वम्भर प्याकुर्‍याल, अर्जुन कार्की, विजयकान्त कर्ण, युवनाथ लम्साल र ऋषि अधिकारी छन् । […]

पुरा खबर

किनारा लाग्दै एमाले

प्रधानमन्त्रीबाट ओली, मुख्यमन्त्रीबाट गुरुङपछि पोखरेल बाहिरिए पार्टीभित्रको आन्तिरक कलह र नेकपामा आएको विभाजनले २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाबाट शक्तिशाली बनेको एमालेले केन्द्रदेखि प्रदेशसम्मका सत्ता क्रमश: गुमाइरहेको छ । विपक्षी गठबन्धनमा बुहमत देखिने भएपछि बुधबार लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद गएको थियो । उनले प्रदेश सभामा […]

पुरा खबर

कुलमान घिसिङले लिए पुनः बिधुत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी। सर्बत्र खुसी र स्वागत ।।

एमखबर सम्बाददाता, काठमाडौं। ११अगष्ट, २०२१। कुलमान घिसिङले करिब ११ महिनापछि दाश्राे पटक नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका छन् । बुधबार दिउँसो ऊर्जा मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेपछि उनले पदबहाली गरेका हुन् । ऊर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र आजै बुझाएकि थिइन्। दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा पहिलो पटक २०७३ भदौ २९ को […]

पुरा खबर

हेल्पिंग ह्यान्ड क्यानडाले राजधानी ओटावामा गर्यो रक्तदान । दुताबास र हेल्पिंग ह्यान्डको संयूक्त प्रयासमा काम भए अझ प्रभाबकारी हुने-राजदूत ढुंगाना ।

राजु थापा, क्यानडा । ९ अगष्ट, २०२१ । क्यानडा र नेपालमा लामो समय देखि समाज सेवामा कार्य गर्दै आईरहेको सिमाबिहिन सहयोगि  हातहरु अर्थात हेल्पिंग ह्यान्ड विदावट बोर्डर क्यानडाले अगष्ट ६ तारिख शुक्रवार क्यानडाको राजधानी ओटावामा रक्तदान सहित नेपाली दूतावास संगको औपचारिक अन्तरकृया लगायत अटवा जनसम्पर्क पदयात्रा कार्यक्रमको सफलताका साथ सम्पन्न गरेको छ । क्यानेडियन ब्लड […]

पुरा खबर

क्यानाडाका ‘उत्कृष्ट ७५ आप्रवासी’ सूचीमा नेपाली मूलका इन्द्र महर्जन पनि। 

क्यानाडाको ‘उत्कृष्ट आप्रवासी अवार्ड’ का लागि सार्वजनिक गरिएको प्रारम्भिक छनौट सूचीमा यो वर्ष पनि एकजना नेपालीभाषी नेपाली मूलका इन्द्र महर्जन परेका छन्। यो सूचीमा परेकाहरु मध्येबाटै धेरै भोट ल्याउनेहरु ‘उत्कृष्ट २५’ मा छानिन्छन् र अवार्ड विजेता घोषित गरिन्छन्। अन्टारियोको ब्राम्प्टन निवासी इन्द्र महर्जन पिउने पानी, ढल व्यवस्थापन लगायत क्षेत्रमा कार्य गर्दै आएका छन्।  विश्वका मानवको जीवनमा गुणात्मक परिवर्तन गर्न योगदान गरेको कारण उनले यसै वर्ष ‘गभर्मेन्ट […]

पुरा खबर

हेल्पिंग ह्यान्ड टोली राजधानी अटवाको कार्यक्रमका लागि भोली प्रस्थान गर्दै ।

एमखवर सम्वाददाता, क्यानडा । अगष्ट ६, २०२१ । हेल्पिंग ह्यान्ड क्यानडाका सल्लाहकार शालिग्राम अर्यालको संयोजकत्वमा भोली राजधानी अटवामा रक्तदान तथा अन्तरकृया कार्यक्रम हुन गैरहेको छ । उक्त कार्यक्रममा सहभागि हुन हेल्पिंग ह्यान्ड क्यानडाका अध्यक्ष अन्जनी राज भट्टराईको नेतृत्वमा ऋषिकेश घिमिरे, राजु थापा लगायतको टोली भोलीनै अटवा प्रस्थान गर्दै छ । हेल्पिंग ह्यान्डले राजधानी अटवामा रक्तदान कार्यक्रमका […]

पुरा खबर

एनआर एन ए क्यानडाकाे एनसीसी सदस्य निर्बाचन सम्पन्न । अधिकांश नयाँ अनुहार ।। अधिवेशन यहि अगष्ट १४ मा ।

राजु थापा, ग्रेटर टोरोन्टो । अगष्ट २, २०२१ ।। गैरआवासीय नेपाली संघ क्यानडाको राष्ट्रिय समन्वय परिषद् (एन सि सी) को निर्बाचन हिजो सम्पन्न भएको छ । १९ सदस्यका लागि हिजो क्यानडा भरि भएको निर्बाचनमा अधिकांश नयाँ अनुहार निर्बाचित भएका छन् । जसमध्ये ५ जना निर्वाचन अगावै निर्बिरोध भैसकेका छन् । निर्विरोध हुनेहरुमा वेष्टन अन्टारियो बाट […]

पुरा खबर